Logo

‘किसानमारा’ निर्णयले प्रचण्डलाई चुनावमा असर गर्न सक्ने



काठमाडौं, ५ असोज । चुनावको मुखमा दूध आयातमा प्रतिबन्ध लगाएपछि सबैभन्दा ठूलो असर चितवनमा परेको छ । चितवनका कृषक यो कदमको विरुद्ध जागेका छन् । किसान विस्थापित गर्ने गरी कृषि तथा पशुपक्षी मन्त्रालयले दूध आयातका लागि निजी डेरी उद्दोगहरुलाई अनुमति दिएको विरोधमा पत्रकार सम्मेलन नै गरेका छन् ।

देशभित्र पर्याप्त दूध उत्पादन हुँदा हुँदै मन्त्रालयले किन यस्तो निर्णय गर्यो भन्ने चासो बढेको छ । ४ मंसिरमा चुनाव नजिकिदैछ । चितवन क्षेत्र नं ३ बाट माओवादी अध्यक्ष प्रचण्ड उम्मेदवार बन्ने पक्कापक्की भइसकेको छ । यस्तो बेलामा चितवनका कृषकहरुलाई चिढ्याउने गरी कृषि मन्त्रालयले लिएको निर्णयले चुनावमा असर पर्न सक्ने विश्लेषण हुन थालेको छ ।

एकातर्फ किसानहरुलाई डेरीहरुले महिनौं अघिको रकम भुक्तानी गरेका छैनन् । अर्कोतर्फ, दूध आयात गरेर किसानहरुको उत्पादन पनि खरिद नगर्ने र पुरानो पैसा पनि नदिने नियत बनाएका छन् । जसका कारण चितवनका हजारौं दूध उत्पादन गर्ने कृषकहरु असन्तुष्ट भएका छन् ।

षकहरु असन्तुष्ट हुँदा सबैभन्दा नोक्शान प्रचण्डलाई हुनसक्छ । उनी नेतृत्वको माओवादीले अर्थ मन्त्रालय सम्हालिरहेको छ । जसका कारण किसानमारा कदमको दोष प्रचण्डलाई पनि जाने हुँदा चुनावमा असर पर्न सक्छ ।

कमिसनको चक्करमा भारतबाट दूध नगदमा ल्याउने र देशभित्रका किसानहरुलाई तिर्नुपर्ने उधारो पनि नतिर्ने गतिविधिहरु देखिएका छन् । जसका कारण लाखौं किसानहरु समस्यामा पर्न थालेका छन् । चितवनमा मात्र दैनिक साँढे ३ लाख दूध उत्पादन हुन्छ । त्यहाँ ६८ हजार ६११ दुधालु गाई भैंसी रहेको तथ्यांक छ ।



प्रतिक्रिया दिनुहोस्