Logo

नेपाल लाइफ इन्स्योरेन्सको डायनमिक क्यूआर पेमेन्ट सुरु



काठमाडौं, ५ असोज । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ई–सेवासँगको सहकार्यमा डायनमिक क्यूआर पेमेन्ट सिस्टम सञ्चालनमा ल्याएको छ।

आइतबार दिउँसो कम्पनीको काठमाडौं शाखामा आयोजित कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले सेवाको सुरुआत गरेका हुन् ।

नेसनल सेल्स हेड उमापति पोखरेलले डायनमिक क्यूआरका माध्यमबाट आफ्नो तथा आफ्नो परिवारको प्रिमियम भुक्तानी गरी सेवाको सुचारु गरेका छन्।

यो सेवा सुचारुका साथै नेपाल लाइफ इन्स्योरेन्स डायनमिक क्यूआर पेमेन्ट सिस्टम सेवा उपलब्ध गराउने नेपालकै पहिलो र एकमात्र जीवन बीमा कम्पनी बनेको छ । अब नेपाल लाइफका देशैभरिका शाखा तथा उपशाखाबाट डायनमिक क्यूआरका माध्यमबाट भुक्तानी गर्न सकिनेछ ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पराजुलीले आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज र सरल सेवा उपलब्ध गराउन कम्पनी लागिपरेको र आउने दिनहरुमा पनि डिजिटल रुपान्तरणको अभ्यासलाई जारी राख्ने बताए।

डायनमिक क्यूआर पेमेन्ट सिस्टमका माध्यमबाट रु. २ लाख सम्मको भुक्तानी ६० भन्दा बढी बैंक, सहकारी, लघुवित्त तथा मोबाइल वालेट एप्लिकेसनद्वारा सहजै गर्न सकिनेछ । अरु क्षेत्रमा डायनमिक क्यूआर पहिलेदेखि नै प्रचलनमा भए पनि जीवन बीमा क्षेत्रमा भने यो नयाँ अभ्यास हो। हरेक ग्राहकका लागि फरक–फरक क्यूआर बन्ने र भुक्तानी गर्नसाथ आफैँ सिस्टममा अपडेट हुने यसको विशेषता हो।

 

 

 



प्रतिक्रिया दिनुहोस्