Logo

विवेकशील साझाद्धारा १२ केन्द्रीय सदस्यको राजीनामा स्वीकृत



काठमाडौं, ५ असोज । विवेकशील साझा पार्टीबाट राजीनामा दिएका केन्द्रीय सदस्यहरुको राजीनामा स्वीकृत भएको छ । १२ जना केन्द्रीय सदस्यहरूले पेश गरेको राजीनामा अध्यक्ष समीक्षा बास्कोटाले विधानको भाग ११ को दफा ६८(१) बमोजिम स्वीकृत गरेकी हुन् ।

बिराज भक्त श्रेष्ठ, जमुना शर्मा, श्रीकृष्ण श्रेष्ठ, रोशनी अधिकारी, सस्मित पोख्रेल, दीपकप्रसाद उप्रेती, महेन्द्र थापा, अनिल भेटवाल, भीम प्रसाद अधिकारी, डा.तारा काफ्ले, रजनी केसी, रोशन सिवाकोटीलगायत दिएको राजीनामा पार्टीले स्वीकृत गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस्