Logo

कपनको राम मन्दिर नजिकै भिषण आगलागी



काठमाडौं, ५ असोज । काठमाडौंको कपनमा भिषण आगलागी भएको छ । राम मन्दिरनजिक ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरमा आगलागी भएको हो ।

आगलागी भएको सुचना पाएलगत्तै काठमाडौं र ललितपुरको दमकल बोलाइएको प्रहरीले जनाएको छ ।

आगलागीको क्रममा केही विस्फोटको समेत आवाज आएको स्थानीयले बताएका छन् । यसबारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot