Logo

राष्ट्रपति भण्डारीले राजीनामा दिनुपर्छ : भविश्वर पराजुली



काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणिकरण नगरेपछि राजनीतिक दलहरु दुई कित्तामा विभाजित भएका छन् ।
विधेयक प्रमाणिकरण नभएपछि उत्पन्न विवादलाई मध्येनजर गर्दै रिपोर्टस क्लब नेपालले गरेको साक्षात्कर कार्यक्रममा विभिन्न दलका नेताहरुले फरक फरक धारणा व्यक्त गरेका हुन् ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा नेकपा एकीकृत समाजवादीका नेता भविश्वर पराजुलीले संविधानमा हुँदै नभएको व्यवस्थाअनुसार संसदबाट पारित भएको विधेयक प्रमाणिकरण नगर्नु असंवैधानिक कदम भएको बताए ।

गैर संवैधानिक र गैर राजनीतिक कदम फेरी पनि दोहोरिने खतरा बढेकोले राजनीतिक दल र नागरिक समाज सचेत हुनुपर्ने बेला आएको पराजुलीको भनाई छ । उनले तत्काल राष्ट्रपति पदबाट राजीनामा दिनुपर्ने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्