Logo

मुगुको महाकाली नमुना माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण



काठमाडौं, ५ असोज । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले अत्यन्तै उचाइमा रहेको हिमाली जिल्ला मुगुको रारा नगरपालिकाको महाकाली नमुना माविका १०० जना भन्दाबढी विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । भदौ ३ गते काठमाडौंमा पत्रकार सम्मेलन गरेर सुरु गरेको शैक्षिक सामग्री वितरण अभियानलाई निरन्तरता दिदैँ विद्यार्थी परिषद्ले बुधबार दुर्गम हिमाली जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं १ गमगढीमा रहेको श्री महाकाली नमुना माध्यमिक विद्यालय कक्षा ११ र १२ मा अध्ययनरत १०० जना भन्दाबढी विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री लोकेन्द्र बहादुर मल्ल, प्रमुख अतिथि छायाँनाथ नगरपालिकाकी नगर उप-प्रमुख ऐश्वर्य मल्ल, बिशिष्ट अतिथि मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी रोम बहादुर महत, ससस्त्र प्रहरी नायब उपरीक्षक श्री डम्मर बहादुर राना, जिल्ला समन्वय इकाई प्रमुख सुर्य बहादुर खत्री, सामाजिक बिकास कार्यालय प्रमुख टोप बहादुर बुढा, महाकाली माविका प्राचार्य खड्का बहादुर रोकाय, छायाँनाथ रारा नगरपालिका वडा नं १ का वडा अध्यक्ष पदमराज मल्ल लगायत महाकाली म। वि का सम्पूर्ण शिक्षकहरुको को उपस्थितिमा विद्यार्थीहरूलाई उक्त शैक्षिक सामग्री वितरण गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्