Logo

समानुपातिक सुचीबाट पौडेलले किन हटाए छोरीको नाम



काठमाडौं, ६ असोज । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको समानुपातिक सुचीमा शीर्ष नेताका आफन्तको नाम परेको भन्दै आलोचना भइरहेको बेला नेता रामचन्द्र पौडेलले छोरीको नाम सुचीबाट हटाएका छन् ।

पौडेलले कास्की क्षेत्र न.१ बाट पार्टीको महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत ल्याएर महाधिवेशन प्रतिनिधि भएकी छोरी संज्ञा पोखरेलको नाम समानुपातिक सुचीबाट हटाएका हुन् ।

संज्ञाको नाम गण्डकी प्रदेश सभा सदस्यको लागि खस आर्य तर्फ पहिलो नम्बरमा सिफारिस भएर आएको थियो भने उनलाई गण्डकी प्रदेशले समेत पहिलो नम्बरमा सिफारिस गरेको थियो । बन्द सुचीको नाम बुझाउने बारे छलफल भइरहदा पौडेलले संज्ञाको नाम हटाएका हुन् ।

संज्ञा केही महिना अघि घरको छतबाट चिप्लिएर लडेर उपचारपछि अहिले आराम गरिरहेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्