Logo

भक्तपुरमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु



भक्तपुर, ६ असोज । भक्तपुरमा आज बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । पर्यटक बोकेको बा१प १५५१ नम्बरको बसले बुधबार राति साढे ८ बजेतीर दुधपाटीकी दिलमायाँ श्रेष्ठलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भिर घाएते भएकी श्रेष्ठको उपचारको क्रममा डा.ईवामुरा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



प्रतिक्रिया दिनुहोस्