Logo

गजुरीमा शव सकडमै राखेर स्थानीय र विद्यार्थी प्रदर्शनमा उत्रिए



काठमाडौं, ६ असोज । धादिङको गजुरीमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएपछि तनाव सृजना भएको छ ।

आदर्श माध्यमिक बिद्यालयका एक विद्यार्थीको मृत्यु भएपछि विद्यार्थी र स्थानीयहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

जेब्रााक्रसमै बाटो काट्ने क्रममा विद्यार्थीलाई बसले ठक्कर दिएको स्थानीयले बताएका छन् । आक्रोसित विद्यार्थीहरुले ठक्कर दिने गाडीमा तोडफोड समेत गरेका छन् ।

उनीहरु मृतकको शव बाटोमै राखेर पृथ्वीराजमार्गको गजुरी खण्डमा यातयातका साधन रोकेर प्रदर्शनमा उत्रिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्