Logo

श्रीमतीको हत्या आरोपित नाम्जाली पक्राउ



काठमाडौं, ६ असोज । कैलालीमा श्रीमतीको हत्याको आरोप लागेका शेरबहादुर नाम्जाली मगर पक्राउ परेका छन् । उनलाई गौरीगंगा नगरपालिका–५ अण्डैयाको कोहलपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

एक छोरा र छोरीसँगै बस्दै आएकी ललिता नाम्जाली मगरको हत्या गरिएको अवस्थामा बिहीवार शव फेला परेको थियो ।

ललिताको छोरी समेत घाइते अवस्थामा फेला परेकी थिइन् घाँटीमा चोट लागेको उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनका छोरा विजय पनि घाइते भएका छन् ।

भारतमा काम गर्दै आएका ललिताका श्रीमान शेरबहादुर हत्या पश्चात फरार भएका थिए । उनले नै हत्या गरेर फरार भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । बुधबार पनि कैलालीको छुट्टाछुट्टै स्थानमा दुई शव फेला परेको थियो ।



प्रतिक्रिया दिनुहोस्