Logo

‘प्रेमगीत ३’ हिन्दी संस्करणले नेपाली फिल्मको सेवासुविधा सरह प्रदर्शनको अवसर पाउने



काठमाडौं, ६ असोज । चर्चित अभिनेता प्रदिप खड्का अभिनित फिल्म ‘प्रेमगीत ३’ हिन्दी संस्करणलाई नेपाली फिल्म भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ठहर गरेको छ ।

मन्त्रालयको निर्णयसँगै फिल्मले हिन्दी संस्करणले पनि नेपाली फिल्मको सेवासुविधा सरह प्रदर्शनको अवसर पाउने र १५ प्रतिशत विकास शुल्क पनि तिर्नु नपर्ने भएको छ ।

मन्त्रालयले बोर्डका अध्यक्ष भुवन केसीलाई बोलाएर यसबारेमा स्पष्टिकरण लिएको थियो ।

बोर्डले हिन्दी ‘प्रेमगीत ३’ लाई १५ प्रतिशत शुल्क तिर्ने गरी विदेशी फिल्म सरहको सेन्सर सिफारिस गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्