Logo

डाक्टरहरुसँग स्वास्थ्य परामर्श उपलव्ध गराउने ‘पिटीसी नेपाल डटकम’ सार्वजनिक



काठमाडौं, ६ असोज । स्वास्थ्य परामर्श सेवालाई डिजिटलाईज गरी डाक्टरहरुसँग स्वास्थ्य परामर्श दिने उद्देश्यले ‘पिटीसी नेपाल डटकम’ सार्वजनिक गरिएको छ ।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर नेपाली डाक्टरहरुद्धारा स्वदेशी तथा विदेशी विरामीको लागि स्वास्थ्य परामर्श उपलव्ध गराउन सहज प्लेटफर्म तयार पारिएको जानकारी दिइएको हो ।

कुनै पनि प्राकृतिक प्रकोप तथा विशेष असहज परिस्थितिमा तुरुन्त स्वास्थ्य सेवालाई चुस्त राख्न यो सेवा प्रभावकारी हुने वेब पोर्टलका फाउण्डर रामराजा बस्ताकोटीले बताए । रोगव्याधीले थलिएर घरमै वसेका, आर्थिक वा भौतिक रुपले दुरदराजमा रहेका र डाक्टसँगको परामर्श गर्न असमर्थ हुनेहरुलाई पोर्टल बढी उपयोगी हुने उनको भनाइ थियो ।

बस्ताकोटीले आगामी दिनमा मेडिकल काउन्सिल, चिकित्सक संघ र सम्वद्ध निकायहरुसंगको सहयोग र सहकार्यमा वेब तथा एपमार्फत सशुल्क तथा निशुल्क स्वास्थ्य परामर्शको उचित प्रवन्ध मिलाईने पनि स्पष्ट पारे ।

प्रयोगकर्ताले आफ्नो मोवाईल नम्बर राखेर सिस्टममा रजिष्टर गरेपछि निजको मोवाईलमानै आउने ओटिपी राखेर आफ्नो एकाउण्ट भेरिफाई गरी लगिन गरे पश्चात फाइन्ड डाक्टरमा गएर आफूले रोजेको डाक्टर भेट्न सकिनेछ ।

प्रयोगकर्ताले दुईवटा विकल्पमा डाक्टरसंग परामर्श गर्न सक्ने छन् । डाक्टरलाई पठाउनु पर्ने मेडिकल रिर्पोटहरु सिष्टमबाटनै पठाउन सकिने छ । परामर्श पश्चात डाक्टरले दिने डिजिटल प्रेस्क्रिप्सन हाम्रो सिस्टम मार्फत प्रयोगकर्ताको मोवाईलमा नै पठाईने बस्ताकोटीले बताए ।

पार्टलबाट डाक्टरको फि तिर्नको लागि विरामी वा निजको आफन्तले आफ्नो डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरी सजिलै तिर्न सकिने छ । यी सवै प्रक्रियाको लागि दुवै पक्षलाई मोवाईल एसएमएस मार्फत सुचना आदनप्रदान गरिने पनि पोर्टलले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी प्रसाद खापुङ, वरिष्ठ पत्रकार ऋषि धमलाले पोर्टाललाई शुभकामना दिएका थिए ।

                                                                      यस्तो छ प्रेस विज्ञप्ती
आदरणिय पत्रकार मित्रहरु,
आजको प्रविधिले सुसज्जीत समाजमा इन्टरनेट प्रयोगले हाम्रो जिवनमा ठूलै कायपलट गरेको छ । किनमेलदेखि लेनदेनसम्म, सञ्चारदेखि अध्ययनअध्यापनसम्म इन्टरनेटको व्यापक प्रयोग भईरहँदा पनि स्वास्थ्य क्षेत्रमा भने यसको आशातित प्रयोग कम भईरहेको नेपालको परिवेशमा विधिवत रुपमा दर्ता भई स्वास्थ्य क्षेत्रमा व्यापक प्रविधिको प्रयोगसंगै आम मानिसको जिवनमा अत्यावश्यक स्वास्थ्य परामर्श सेवालाई डिजिटलाईज गरी नेपाली डाक्टरहरुद्धारा स्वदेशी तथा विदेशी विमारीको लागि स्वास्थ्य परामर्श उपलव्ध गराउन सहज प्लेटफर्म तयार पारेका छौ । जसका लागि www.ptcnepal.com को web portral को आज यहाँहरु माझ कयात बिगलअज गराउन पाउँदा हामी गौरवान्वित छौ ।

हाम्रो जस्तो असहज भूवनावटमा भौतिक तथा आर्थिक रुपले स्वास्थ्य सेवा आम मानिसको पहुँच बाहिर रहेको महशुस गरेरनै हामीले एत्ऋ ल्भउब िको शुरुवात गरेका छौ । कुनै पनि प्राकृतिक प्रकोप तथा विशेष असहज परिस्थितिम तुरुन्त स्वास्थ्य सेवालाई चुस्त राख्न यो सेवा प्रभावकारी रहने छ भन्ने हाम्रो विश्वास छ । रोगव्याधीले थलिएर घरमै वसेका, आर्थिक वा भौतिक रुपले दुरदराजमा रहेका र डाक्टरसंगको परामर्शको लागि हुने खर्च र समयमा मित्यव्ययिता ल्याउन यो सेवा प्रभावकारी रहनेछ । साथै सो कार्यको लागि समर्पित रहेन प्रण गर्दछौ । आगामि दिनमा मेडिकल काउन्सिल, चिकित्सक संघ र सम्वद्ध निकायहरुसंगको सहयोग र सहकार्यमा ध्भद तथा ब्उउ मार्फत सशुल्क तथा निशुल्क स्वास्थ्य परामर्शको उचित प्रवन्ध मिलाईने छ ।

प्रयोग कर्ताले आफ्नो मोवाईल नं.राखेर हाम्रो सिस्टममा रजिष्टर गरेपछि निजको मोवाईलमानै आउने इत्ए राखेर आफ्नो एकाउण्ट भेरिफाई गरी लगिन गरे पश्चात ँष्लम म्यअतयच गएर आफूले रोजेको डाक्टर भेट्न सकिन्छ । प्रयोगकर्ताले दुईवटा विकल्पमा डाक्टरसंग परामर्श गर्न सक्ने छन् । डाक्टरलाई पठाउनु पर्ने मेडिकल रिर्पोटहरु हाम्रो सिष्टमबाटनै पठाउन सकिने छ । परामर्श पश्चात डाक्टरले दिने डिजिटल प्रेस्क्रिप्सन हाम्रो सिस्टम मार्फत प्रयोगकर्ताको मोवाईलमा नै पठाईने छ । डाक्टरको फि तिर्नको लागि विरामी वा निजको आफन्तले आफ्नो म्भदष्त वा ऋचभमष्त ऋबचम प्रयोग गरी सजिलै तिर्न सकिने छ । यी सवै प्रक्रियाको लागि दुवै पक्षलाई मोवाईल क्ःक् मार्फत सुचना आदनप्रदान हुनेछ ।

देश विदेशमा रहेका सम्पूर्ण स्वास्थ्य परामर्श आवश्यक रहेकाहरुले हाम्रो सिस्टममा रजिष्टर गरी यो सेवावाट लाभ लिन सजिलै सक्ने छन् । ९८५६०२०१७९

 



प्रतिक्रिया दिनुहोस्