Logo

जुरिखेत दुर्घटना : मृतक सात मध्ये छ जनाको सनाखत



मकवानपुर, ७ असोज । हेटौँडा कुलेखानी सडकखण्डको भीमफेदीको जुरिखेतमा मिनीबस दुर्घटनामा मृत्यु भएका मध्ये छ जनाको सनाखत भएको छ । बाँकी मृतक एक जनाको सनाखत हुन नसकेको प्रहरीेले जनाएको छ ।

मृत्यु हुनेमा बाराको जितपुर सिमरा नगरपालिका–२४ का २५ वर्षीय शेख अरमान, मकवानपुरको मकवानपुरगढी–३ का ४३ वर्षीय मदन विश्वकर्मा, वीरगञ्ज महानगरपालिका–३१ का ४५ वर्षीय हृदयनारायण पञ्जियार, भारत बिहारको मोतिहारीका २५ वर्षीय शरदनारायण शर्मा, नुवाकोटका ३४ वर्षीय रघुराज न्यौपाने र बाराको झिटकैया–४ का ३३ वर्षीय अन्जुलाहा मियाँ ठकुराइ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुराले जनाएको छ ।

गम्भीर घाइते भएका चार जनाको चितवन मेडिकल कलेज र अन्य २१ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्