Logo

राष्ट्रपति मार्फत ओलीले देशलाई अनिर्णयको बन्दी बनाएको तरुण दल अध्यक्षको आरोप



काठमाडौँ, ७ असोज । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमाथि प्रहार गरेको टिप्पणी गरेका छन् । सत्तारुढ युवा संगठनद्वारा राष्ट्रपतिको कदमविरुद्ध आयोजित विरोधसभामा अध्यक्ष गुरुङले राष्ट्रपतिबाटै मुलुकप्रति षडयन्त्र भइरहेको बताए ।

उनले भने, ‘संविधानले राष्ट्रपतिलाई मुलुकको संरक्षकको रुपमा राखेको छ । तर जुन दिनदेखि राष्ट्रले विद्यादेवी भण्डारी राष्ट्रपति पायो, त्यो दिनदेखि नै मुलुकमा शंका र त्रास फैलिएको थियो ।’ लोकतान्त्रिक आन्दोलनमा सँगै सहकार्य गरेको एमालेसँग कुनै असमझदारी नभएको भन्दै एमाले अध्यक्ष केपी ओलीको कारण राष्ट्रपतिले नागरिक विधेयक प्रमाणीकरण नगरेको गुरुङले बताए ।

एमाले अध्यक्ष केपी ओलीले आउँदो मंसिर ४ गतेको चुनावमा आफ्नो दल पराजित हुने निश्चय भएको बुझेर राष्ट्रपतिलाई प्रयोग गरेर देशलाई अनिर्णयको बन्दी बनाउन खोजेको उनको आरोप छ । फेरि पनि सम्पूर्ण लोकतान्त्रिक शक्ति एक भएर संविधान र लोकतन्त्रलाई बचाउनुपर्ने उनले बताए ।

 



प्रतिक्रिया दिनुहोस्