Logo

विद्रोहको पूर्वतयारीका लागि शेखर कोइराला पक्षको अलग्गै भेला



काठमाडौं, ७ असोज । नेपाली काँग्रेसभित्र टिकट बाँडफाँटलाई लिएर विवाद चुलिएको छ । समानुपातिकतर्फ प्रतिनिधि सभा र प्रदेश सभाहरुमा उम्मेदवार छनोटलाई लिएर डा. शेखर कोइराला समूह असन्तुष्ट छ । अन्तिम उम्मेदवारी सार्वजनिक भएपछि काँग्रेसभित्रको असन्तुष्टि कुन दिशामा जाने हो भन्ने खुल्दै जाने नै छ ।

विश्वस्त स्रोतका अनुसार शेखर कोइरालालाई पार्टीका युवा नेताहरुले विद्रोहको दबाब बढाइरहेका छन् । उनीहरुले सत्ता गठबन्धनको विरोध गर्दै आएका छन् । सिट बाँडफाँटमा कोइराला समूहले कम्तिमा ४० प्रतिशत माग गरेको छ । तर, त्यो संख्यासम्म पाउने सम्भावना कम छ । शेखर कोइराला समूहले विद्रोहका लागि अलग भेला राख्न थालेको छ ।

भोलि शेखर पक्षको भेला बस्दैछ । त्यस अगावै तयारीहरु भइरहेको छ । बैठकले विद्रोहको शैलीबारे छलफल गर्ने बुझिएको छ । जसमा विभिन्न क्षेत्रहरुमा विद्रोही उम्मेदवार उठाउने देखि कुरा नमिले कडा कदम चाल्ने सम्मको रहेको छ ।



प्रतिक्रिया दिनुहोस्