Logo

राष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउने एमालेको तयारी



काठमाडौं, ७ असोज । नेकपा (एमाले) ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउनेगरि तयारी थालेको छ । राष्ट्रपति भण्डारीको कार्यकाल सकिएपछि पार्टीको नेतृत्व तहमा नै फर्काउनुपर्ने बहस सिर्जना भएको छ । खासगरी अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्रका रुपमा चिनिएका नेता गोकुल बाँस्कोटाले पूर्व राष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कुनै कानूनी व्यवस्था नभएको भन्दै राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आए स्वागत गरिने उल्लेख गरेका छन।

उनले फेशबुकमा लेखेका छन्-“पुर्व राष्ट्रपतिले राजनीति गर्नु हुदैन भन्ने कुनै कानुनी ब्यवस्था छैन।राजनीतिबाटै उनीहरु रास्ट्रपति बनेका हुन्छन।एकमात्र पुर्व रास्ट्रपतिले पुर्वमान्यता अनुरुपको राजनीति गरेकै छन।मेरो सिधा मत छ वर्तमान रास्ट्रपतिले कार्यकाल सकिए पछि सोझै राजनीतिक नेतृत्व गरे अति राम्रो हुने थियो।”



प्रतिक्रिया दिनुहोस्