Logo

मलेसियाका लागि नेपाली राजदूत डिल्ली पौडेललाई क्वालालम्पुरमा भब्य स्वागत (फोटोफिचर)



काठमाडौं, असोज ८ । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेल कार्यभार सम्हाल्न मलेसियाको राजधानी क्वालालम्पुर पुगेका छन। मलेसियाका लागि नेपालको आवासीय राजदूत नियुक्त भई गत भदौ २७ गते राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका पौडेल कार्यभार सम्हाल्न शुक्रवार मलेसिया पुगेका हुन ।

केही दिनमा मलेसियामा राजदुत पौडेलले राजा अब्दुल्लाह समक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नेछन । मलेसिया पुगेका राजदुत पौडेललाई,नेपाली राजदुतावास मलेसिया, एनआरएनए मलेसिया र नेपाली संघ–सँस्थाहरुद्वारा विमानस्थलमा भब्य स्वागत गरिएको छ ।

राजदुत पौडेललाई स्वागत गर्न क्वालालम्पुर अन्तर्रास्ट्रिय विमानस्थलमा कार्यवाहक राजदुत मोती बहादुर श्रीष,पब्लिक रिलेसन आफिसर टेक बहादुर बुढा,एनआरएनएका आईसिसि सदस्य नेत्र केसी,एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापा,उपाध्यक्ष हेमराज सापकोटा,दिल केरुङ,सहकोषाध्यक्ष बलध्वज लिम्बुलगाएत अन्य संघ(सँस्थाका प्रतिनिधीको उपस्थिती रहेको थियो ।

मलेसिया पुगेका राजदुत पौडेलले क्वालालम्पुर अन्तरास्ट्रिय विमानस्थलमा आफुले सबै नेपाली संघ(सँस्थासँग सहकार्य गरेर नेपाल र नेपालिको लागी केही नया काम गर्ने बताए । दूतावासको सेवा प्रवाहको क्षमता बढाउँदै मलेसियामा कार्यरत नेपाली श्रमिकका समस्या सम्बोधनलाई प्राथमिकता दिने राजदुत पौडेलले बताएका छन ।

तलब सुविधा, सीप विकास, आवास, उपयूक्त सूचनाको व्यवस्थालाई थप प्रभावकारी बनाउने तथा श्रमस्वीकृतिको अवधि सकिएर कानुनी हैसियत गुमाई अलेखबद्ध भएका श्रमिकका समस्या सम्बोधनलाई प्राथमिकता दिने उनको भनाइ रहेको छ । मलेसियाको बजारमा माग भएअनुसार उपयुक्त सीप तालिम लिइ श्रमिकहरु जाने गरेमा ज्याला र सुविधामा वृद्धि हुने भएकोले त्यसतर्फ प्रयास गरिने उनले बताए ।

मलेसियामा विभिन्न पेशामा रहेका नेपालीहरुसँग सहज सम्पर्क स्थापना गर्दै उनीहरुको अधिकतम हित र सुरक्षाका कार्यहरुलाई प्राथमिकता दिने उनले बताए । सन् २०१८ मा भएको श्रम सम्झौता नविकरणलाई पनि उनले प्राथमिकता दिने भएका छन ।

नेपालको प्रतिष्ठा र राष्ट्रिय सम्मानको अभिवृद्धि गर्दै द्विपक्षीय सम्वन्ध बलियो बनाउने बताउदै उनले नेपालका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार, नेपाली उत्पादनहरुको मलेसियाका बजारमा प्रवर्द्धन, नेपालमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुको पहिचान र सहजीकरण जस्ता कार्यहरुबाट नेपालको अधिकतम हित हुने गरी आर्थिक कुटनीतिमा समेत जोड दिने उनले बताएका छन । नेपाल(मलेसियाबीच जनस्तरको सम्वन्ध विस्तारलाई समेत प्राथमिकता दिने उनले बताए ।

पौडेललाई चैत २४, २०७८ मा बसेको मन्त्रिपरिषद्को वैठकले मलेसियाका लागि राजदुत सिफारिस गरेको थियो । संसदीय सुनुवाई समितिबाट अनुमोदन भई तथा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी उनी मलेसिया पुगेका हुन ।



प्रतिक्रिया दिनुहोस्