Logo

आजदेखि फूलपातीसम्म चारपाँग्रे सवारीलाई न्युरोड प्रवेशमा रोक



काठमाडौं, असोज ८ । आजदेखि फूलपातीसम्म दिउँसोको समयमा न्युरोड गेटबाट भित्र प्रवेश नपाउने भएका छन् । आजबाट फूतपातीसम्म बिहान १० बजेदेखि बेलुका सवारीको चाप कम नहुन्जेलसम्म न्युरोेड प्रवेश गर्ने चार पाँग्रे सवारीलाई खुलामञ्चमा पार्किङ गराइन लागेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा जारी सूचना जारी गर्दै असोज ८ गतेदेखि फूलपातीसम्म बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नहुन्जेलसम्म ट्राफिक आईसलेण्ड राखिएको स्थानबाट डाईभर्शन गरि खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।

चाडवाडको समयमा हुने भिडभाड, दुर्घटना र उक्त क्षेत्रमा हुने सवारी चापलाई मध्यनजर गरी यस्तो व्यवस्था गरिएको हो ।

 

 



प्रतिक्रिया दिनुहोस्