Logo

देव गुरुङलाई धमलाको प्रश्न- राष्ट्रपतिले प्रधानमन्त्रीलाई हटाउन सक्छिन् ?



काठमाडौं, ८ असोज । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले राष्ट्रपति विद्यादेवी भण्डारी संविधानको संरक्षक बन्न नसकेको टिप्पणी गरेका छन् ।
“राष्ट्रपति नै संविधानको संरक्षक बन्न नसक्नु विडम्बनाको विषय हो । प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट विधेयक पास गरेर पठाएपछि राष्ट्रपतिले एक पटकमात्र फर्काउन पाउँछ । दोस्रो पटक पठाएपछि प्रमाणीकरण गर्नुको विकल्प छैन । विधेयकको अन्तर्वस्तुमा उसको मतभेद हुन सक्छ तर विधि र प्रक्रियालाई उल्लंघन हुन सक्दैन । यसरी संविधान नै ‘डिरेल’ हुन्छ,” प्राइम एचडी टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै गुरुङले भने ।
नागरिकता विधेयकमा हुँदै नभएको कुरा प्रचार भइरहेको पनि उनले आरोप लगाए । गुरुङले भने, “वैवाहिक अंगीकृतको व्यवस्था अहिले छैन । त्यो २०६३ सालको संविधानमा एमाले र कांग्रेस मिलेर गरेको व्यवस्था हो । अहिले त्यसको अन्तर्य नबुझीकन सतही टिप्पणी भइरहेको छ । र वैवाहिक अंगीकृत बारे तत्काल दिने कि समयावधि राख्ने बहस संसद्मा थियो । यसबारे राष्ट्रपतिले केही बोल्नुभएको छैन । यही गर्नुपर्छ भनेर कुनै सुझाव दिनुभएको छैन ।” साथै उनले राष्ट्रपतिविरुद्ध उपराष्ट्रपतिलाई नउकासेको दाबी पनि गरे ।



प्रतिक्रिया दिनुहोस्