Logo

सयौं, हजारौँ बालेन र कुलमानको उदय के सम्भव छैन र !



इ.उत्तमकुमार गुरुङ । इन्जिनीयरहरुको हकहितको लागि गठन गरिएको छाता संगठन ( Nepal Engineers’ Association ) NEA लाई केही प्रश्नहरु सोध्नुका साथै मनमा लागेका केही कुराहरु लेख्ने कोशीश गरेको छु ।

मलाई थाह छैन मैले यि यावत कुराहरु उठाउन जायज छ या छैन तर पनि उठाउने जमर्को गरेको छु । भाषागत त्रुटी तथा अन्य केही कमी कमजोरी भएमा क्षमा चाहन्छु तथा उचित सल्लाह सुझाबका साथै लेख तथ्य परक र सान्दर्भिक लागेमा Share गरिदिनु हुन अनुरोध छ ।

के NEA ले आफ्नो परम्परागत शैली छोडेर नयाँ शैली अप्नाउदै देश बनाउन सशक्त भूमिका खेल्न सक्दैन र ?

ईन्जिनियर साथीहरु,
सर्वप्रथम त मैले साथीहरु भनेर सम्बोधन गरेकोमा कृपया वरिष्ठ इन्जिनीयरहरुले चित्त दुखाउनु हुने छैन भन्ने आशा राखेको छु ।

मेरो मनमा बिगत केही महिना देखी खुल्दुली लागेको मेरा कुरा र प्रश्नहरुः

– के NEA साँच्चिक्कै Effectively इन्जिनीयरहरुको उत्थानको लागि नै काम गर्दैछ त ?

– बर्षौ अगाडिको NEA र अहिलेको NEA को काम गर्ने तौर तरिकामा केही नौलोपना वा समय अनुसारको छ त ?

– के NEA केवल चुनाव गर्ने, पदाधिकारी चुन्ने, नेताहरुको पहुच प्राप्त गर्ने अनि राम्रो नियुक्ती पाउने, नपाउनेले नियुक्ती खोज्ने, ठेक्का पट्टा हात पार्ने अनि नेताको गोजिको गोट्टा हुने मात्र हो ?

– के NEA भनेको सरकारी जागिरे वा सरकारी सेवामा कार्यरत इन्जिनीरको लागि मात्र हो ? हैन भने प्राइभेट कम्पनीमा काम गर्ने तथा स्वरोजगारी इन्जिनीयरहरुको हक हितको लागि हालसम्म के कस्ता कार्यहरु कार्यन्वयन भएको छ वा गर्ने योजना छ ?

– हाम्रो छाता संगठन NEA ले हालसम्मको सम्पूर्ण इन्जिनीयरहरुको बिस्तृत बिवरण सहितको तथ्याङ्क राखेको छ ? जस्तो बर्षेनी कती इन्जिनीयर कुन कुन बिषयमा उतिर्ण भएका छन, सरकारी जागिरे कतिजना, प्राइभेटमा कतिजना, स्वरोजगारी कतिजना, त्यस्तै बिदेशिएका कति जना आदी इत्यादी ? कि यस्ता तथ्याङ्कहरु चुनाव आउँने बेला मात्र बनाउने हो ?

– हामी सम्पुर्णले आफ्नो अमुल्य मत दिएर जिताएका NEA का पदाधिकारीहरुलाई यावत प्रश्नहरु गर्न पाउने कि नपाउने ?
– देशको अर्थ व्यबस्था नाजुक छ नेताहरुमा Vision, शिक्षा, र असल नियतको कमिले गर्दा देशको अवस्था दयनिय भएको बेला, देशलाई कायापलट गर्ने जिम्मेवारी NEA ले किन लिन नसक्ने ?

– एकजना इन्जिनियर कुलमानले अध्यारो देशलाई उज्यालोतिर डोर्याउन सक्ने, एक जना इन्जिनीयर बालेनले ठुलो पार्टिका दिग्गजहरुलाई हराएर जनताको अपार माया र समर्थनको साथमा राजाधानी बनाउनका लागि पाइला चाल्न सक्ने अनि सम्पूर्ण इन्जिनीयरहरुको छाता संगठन NEA ले यस्ता सयौ, हजारौ कुलमान र बालेनलाई जन्माउन किन नसक्ने ?

– केही समय अगाडि मात्र एकजना मेयर साबले इन्जिनीयरहरुको काम भत्काउने र बनाउने मात्र हो, उनीहरु Policy Maker हैन भनेर भनेको थियो , मलाई उहाको भनाइ गलत लागेन, किनकी उहाको मात्र हैन धेरै नेपालीलाई वा अझ भनौ स्वयम हामी इन्जिनियरहरुको सोचाइ त्यस्तै छ । इन्जिनीयरले भत्काउने, बनाउने, आफ्नो बिषयको काम गर्ने वा आफुले पढेको काम बाहेक बाँकी रोजगारी श्रीजना गर्ने, देश बिकासका ठुला ठुला कामको योजना बनाउने तथा कार्यन्वयन गर्ने, उत्पादन बढाउने, निर्यात बढाउने, आयात घटाऊने, गाउ, समाज, जिल्ला र् देशको नेतृत्व गर्न पनि सक्छ है भन्ने कुराको या त हामी आँफैलाई थाहा छैन या त आत्मबिश्वास छैन । अब नेपालीहरुमा, इन्जिनीयरहरु प्रतिको त्यो सोचलाई परिवर्तन गर्न, अनि हामी आँफै भित्र, मैले सक्छु, हामीले सक्नेछौ भन्ने आत्मबिश्वास जगाउन NEA को अगुवाइमा किन नसक्ने ? हामी इन्जिनीयरहरु भत्काउन र बनाउन मात्र हैन, हामी कुशल व्याबस्थापक र परीआएको खण्डमा देश हाँक्न सक्ने क्षमता पनि राख्छ भनेर किन देखाउन नसक्ने ? र यो असम्भव पनि छैन । NEA ले परम्परागत तरिकाले काम गर्नुको सट्टा आधुनिक, बैज्ञानीक तथा रचनात्मक तरिका अप्नाएको खण्डमा ल्भ्ब् ले ठुलो भूमिका खेल्न सक्छ र देश बनाउने अभियानमा इन्जिनीयरहरुको भूमिका, दक्षता र काम गर्ने शैली नै परिवर्तन गर्न किन नसक्ने ?

– कुनै पार्टिको बिचारधारा बोकेर वा निकट रहेर चुनाव जित्यो भन्दैमा देशको हकहितको लागि, देश बिकासको लागि, सम्पूर्ण प्रणालीहरुको उचित व्यबस्थापनको लागि पार्टी वा पार्टिका नेताहरुको बिरोध गर्नै हुँदैन र गर्नु हुन्न भन्ने सोच कहिले सम्म राख्ने ? बेथिती र बिसङ्घतीहरु हाम्रै आँखा अगाडि देख्दा पनि कहिले सम्म चुप्पो लागेर बस्ने ? आफ्नोले गल्ती गरेको थाहा पाउदा आँखा चिम्म अनि अरुले राम्रो गर्दा पनि नेताको पिछलग्गु भएर बिरोध कहिले सम्म गर्ने ? देशको कर्णधार हामी, कहिले सम्म इन्जिनीयरको प्रमाणपत्र लियर नेताको हनुमान र झोले हुने ?

–हामीले दुःख गरेर आर्जेको ज्ञान र दक्षता उमेरले नेटो काटेका, आज कि भोली भन्नु पर्ने जस्ता नेताहरु, हामी भन्दा कैयौ गुणा असक्षम, भिजनको नाममा “भि“ पनि नभएकाहरु को चाकरी र चाप्लुसी गर्न के हाम्रो आत्मा र इमानले दिन्छ ?

– सबैको आ–आफ्नो आस्था र व्यक्तिगत बिचार होला तर ल्भ्ब् र यसका पदाधिकारीहरुको एउटै बिचार र सिद्धान्त हुनुपर्छ, सम्पूर्ण इन्जिनीयरलाई समुहगत, व्यक्तिगत, साङ्गठनिक रुपमा देश बिकासको लागि जिम्मेवार बनाउने कोशिस किन नगर्ने ? देश बनाउनलाई सरकारी सेवामै हुनुपर्छ भन्ने छैन, न त ठुला ठुला कम्पनीमा लगानी गर्नु पर्छ भन्ने छ, सबैले आ आफ्नो क्षेत्रमा आफ्नै तरिकाले सामुहिक वा व्यक्तिगत तरिकाले सानो सानो कार्यबाट शुरु गर्न सकिन्छ त्यसैको लागि NEA ले उचित भूमिका खेल्नु पर्छ, माध्यम बन्नु पर्छ, अभिभावक बनेर सबैको लागि platform बनाएर हजारौ बालेन र कुलमान तयार पार्न किन नसक्ने ?

– बाचुन्जेल कुर्सिमा टासिरहनु पर्ने परिवारबाद, नाताबाद, कृपाबाद, हनुमानबादहरुको हातमा देशलाई बन्धक बनाएर, देशलाई उन्नती र प्रगती हुन नदिने नेताहरुको पिछलग्गु हामी हुनै पर्ने हो र ? यदी हो भने कहिले सम्म ? हैन भने देश र जनताको हितमा नसोच्ने नेताहरु, फाईदा मात्र लुटेर राष्ट्रलाई कर तिर्न नखोज्ने व्यापारीहरु, भ्रस्टचारी नेता, कार्यकर्ता तथा कर्मचारीहरु, माफिया गिरी, दालालगिरी गरेर अकुत कालो धन कमाएर राष्ट्रको लागि तथा रोजगारी श्रीजना गर्न सिन्को नभाच्नेहरुलाई हामीले बिस्थापित गर्न किन नसक्ने ?

– आज इन्जिनीयरले महानगरपालिका, बिधुत प्राधिकरण, आयल निगम हाक्दै छ भने भोली देश नि हाँक्न परे हाकिन्छ भनेर NEA किन नसोच्ने ?

– राट्रलाई आवश्यक परेको बेला NEA ले पार्टी र सिद्धान्त भन्दा माथि र पेशागत भूमिका भन्दा माथि किन नसोच्ने ?

– यदी NEA आफुमा परिवर्तन ल्याएन वा ल्याउन चाहेन भने अर्को चुनाव देखी कुनै पार्टीसङ्ग आबद्ध उम्मेदवारहरुलाई किन जिताउने NEA लाइ पार्टीगत हस्तक्षेपबाट मुक्त बनाएर स्वतन्त्र रुपमा सोच्न पाउने बनाउन, NEA मा स्वतन्त्रहरुको नेतृत्व किन स्विकार नगर्ने ?

-NEA ले अब इन्जिनीयरको बारेमा मात्र हैन पुरै देशको बारेमा सोच्ने बेला आएको हैन र अब ?

धन्यवाद ।

उचित प्रतिकृयाको आशा तथा सल्लाह सुझावको अपेक्षा गरेको छु ।



प्रतिक्रिया दिनुहोस्