Logo

ओली फेरि मधेश झरे, लोसपा नेता अरगरिया एमाले प्रवेश गर्दै



काठमाडौं, ८ असोज । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर गएका छन् । पार्टीको कार्यक्रमलाई सम्बोधन गर्न उनी आज जनकपुर पुगेका हुन् ।

ओलीलाई जनकपुर विमानस्थलमा पार्टीका सचिव तथा मधेश प्रदेशका ईन्चार्ज रघुवीर महासेठ, पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री जुलीकुमारी महतोलगायतले स्वागत गरेका थिए ।

आजै एमाले प्रवेश गर्न लागेका लोसपाका नेता उमाशंकर अरगरिया पनि ओलीको स्वागतको लागि जनकपुर विमानस्थल पुगेका थिए । जनकपुर ओर्लिएलगत्तै ओली नेपाली रेलसमेत चढेका थिए ।

सो क्रममा जिल्लाका नेता तथा कार्यकर्ताहरुको ठूलो भिड लागेको थियो । पछिल्लो समय ओलीले मधेश दौडाहलाई उच्च प्राथमिकतामा राखेका छन् । दुई साताअघि मात्रै ओली जनकपुर पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्