Logo

तनहुँबाट बारा सरेका पूर्वमन्त्री किसान श्रेष्ठले बाजी मार्न सक्लान्



काठमाडौं, ८ असोज । तत्कालीन नेकपा एमालेका नेता किसान श्रेष्ठले नेपाली काँग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रतिनिधि सभा निर्वाचनमा पराजित गर्दा राष्ट्रिय अन्तर्राष्ट्रिय चर्चा बटुलेका थिए । सभामुख, उपप्रधानमन्त्री, विभिन्न समयमा मन्त्री भइसकेका पाका तथा प्रभावशाली नेतालाई चुनाव हराउन सक्नु श्रेष्ठको पौरखका रुपमा पनि टिप्पणीहरु भए ।

राजनीतिक यसरी घुम्यो कि पौडेल र श्रेष्ठ एउटै राजनीतिक गठबन्धनमा आइपुगे । श्रेष्ठ नेकपा एसमा छन् । पौडेल काँग्रेसका प्रभावशाली नेता हुन् । यसकारण श्रेष्ठले पौडेललाई आफू निर्वाचित भएको तनहुँ १ छाड्नुपर्ने भयो । उनी बारातर्फ ध्यान दिन थाले ।

बारा क्षेत्र नं ४ मा उम्मेदवार बन्ने गरी तयारीमा लागेका श्रेष्ठले विकास आयोजनाहरु धमाधम पुर्याउन थालेका छन् । मन्त्री लगेर शिलान्यास गराइरहेका छन् । तर, बारा ४ नेकपा एसको प्रभाव क्षेत्र होइन । किसान श्रेष्ठले भने त्यहाँ व्यक्तिगत पकड बनाएका छन् ।

स्थानीय चुनावको नतिजालाई हेर्दा बारा ४ मा सबैभन्दा बढी मत जनता समाजवादी पार्टीको २२ हजार २७५ देखिन्छ । नेकपा एमालेको २० हजार ६०७, नेपाली काँग्रेसको १४ हजार ५१६ मत छ । यसरी हेर्दा गठबन्धनको मत बढी छ । यसकारण पनि किसान श्रेष्ठ चुनाव जित्नेमा ढुक्क हुँदै बारातर्फ केन्द्रित भएका हुन् ।

बारा ४ मा जसपा र काँग्रेसको बलियो आधार रहेकाले उनीहरुले किसान श्रेष्ठलाई मैदान छाड्लान् ? चासो बनेको छ । तर, आफूले यसअघि जितेको तनहुँ १ छाडेकाले उनको बाराको दाबी बलियो देखिन्छ । चुनावमा भने निकै ठूलो चुनौती देखिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्