Logo

ओलीकै निर्देशनमा नागरिकता विद्येयक प्रमाणिकरण भएनः संघर्ष समिति



काठमाडौं, असोज ८ । नागरिकता विहिन संघर्ष समितिले राष्ट्रपति विद्यादेखि भण्डारीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा नागरिकता विद्येयक प्रमाणिकरण नगरेको आरोप लगाएको छ ।

समितिले शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष इन्द्रजित साफीले राष्ट्रपति भण्डारीले नागरिकता विद्येयक प्रमाणित नगर्नुमा पार्टीगत निर्णयको असर भएको बताएका छन् ।

दुई–दुई पटक संसदबाट प्रमाणिकरणका लागि शितल निवास पुगेपनि केपी ओलीकै इशारामा राष्ट्रपतिले देशमा द्वन्द्ध फैलाउने, अस्थिरता कायम गराउने र संविधानको उलंघन गर्ने काम गरेको उनको दाबी छ ।

नागरिकता विद्येयकमा राजनिति गरेर हजारौ नागरिकता विहिन नागरिकलाई पहिचान विहिन बनाई राख्न राष्ट्रपतिको मात्रै भूमिका नरहेर ओलीले समेत विद्येयकलाई भोट बैंकको रुपमा प्रयोग गरिरहेको उनको आरोप छ ।

नागरिकता विद्येयकबारे नेकपा (एमाले)ले एक हातमा सिंदुर र अर्काे हातमा नागरिकता दिन लागिएको भन्दै झुटा भ्रम फैलाईरहेको उनले बताए । आफुहरु नेपाली नागरिक बुबाआमाका सन्तान भएकाले नागरिकता पाउँनुपर्ने आफूहरुको अधिकार भएको उनको दाबी छ ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि राष्ट्रपतिले संविधान मिचेको उनको ठहर छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी दलीय स्वार्थ र इशाराबाट परिचालित भएर संविधान मिचेको उनले बताए ।

त्यस्तै, कार्यक्रममा नागरिकता विहिन र पुजन तिमिल्सेनाले आफूले आमा बुवाको नामबाट पटक–पटक नागरिकता बनाउन खोजेपनि नागरिकता नपाएको बताए । सवारी दुर्घटनाका क्रममा आफूसंग नागरिकता नहुँदा लामो समय कानुनी कारबाही भोगेको उनको भनाई छ ।

नागरिकता विहिनहरु कसरी समस्या भोग्दै आएका छन भन्नेबारे राज्यले ध्यान दिएर आफ्नो पहिचान पाउनुपर्ने उनको भनाई छ ।

नागरिकता नहुँदा पढाई, व्यापार, यात्रा, उपचारसँगै बैंकमा खाता खोल्न र मोबाईलको सिमसमेत लिन नपाएको भन्दै उनले सरकोकारवाला निकायसँग यो मुद्दालाई राजनितिक मुद्दा नबनाउन समेत उनको आग्रह छ ।

कार्यक्रममा संघर्स समितिको सदश्य प्रवेश यादव, उत्तम कुमार, सुदिप विश्वास, उत्तम शाह लगायतले आफ्ना भनाई राखेका छन् ।



प्रतिक्रिया दिनुहोस्