Logo

देशलाई अफगानिस्तान जसरी नै बर्बाद बनाउने ग्रान्डडिजाइन: डा. केसी (भिडियोसहित)



काठमाडौं, ८ असोज । ललितपुर क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका डा. दीपेश केसीले नेपाललाई अफगानिस्तान बनाउने ग्रान्डडिजाइन भइरहेको बताएका छन् । उनले विगतमा अफगानिस्तानमा त्यहाँको सनातन हिन्दू र बौद्ध धर्ममाथि योजनावद्ध आक्रमण गरी जात जातिलाई लडाइएको इतिहास स्मरण गराउँदै नेपालमा पनि त्यस्तै ग्रान्डडिजाइन भइरहेको बताएका हुन् ।

दृष्यटीभीका लागि पत्रकार छत्र कार्कीसँगको अन्तवार्तामा केसीले धर्मनीरपेक्ष देशमा सनातन देखि चलिआएको हिन्दू, बौद्ध, किराँतलगायत विभिन्न क्षेत्रका धर्म संस्कृति कमजोर पार्ने उद्देश्यले आएको समेत बताएका छन् । समान धर्म, संस्कृति र सभ्यताका नेपालीहरुलाई विभिन्न जात जातिको नाममा लडाउन खोजिएको उनको तर्क थियो । अफगानिस्तानमा पनि यसरी नै लडाएर बर्बाद पारिएको बताए ।



प्रतिक्रिया दिनुहोस्