Logo

ओलीकै निर्देशनमा नागरिकता विधेयक प्रमाणिकरण भएनः नागरिकताविहिन संघर्ष समिति



काठमाडौं, ८ असोज । नागरिकताविहिन संघर्ष समितिले राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा नागरिकता विधेयक प्रमाणिकरण नगरेको आरोप लगाएको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी समितिले यस्तो आरोप लगाएको हो ।

समितिका अध्यक्ष इन्द्रजित साफीले राष्ट्रपति भण्डारीले नागरिकता विद्येयक प्रमाणित नगर्नुमा पार्टीगत निर्णयको असर भएको बताएका छन् । दुई–दुई पटक संसदबाट प्रमाणिकरणका लागि शितल निवास पुगेपनि केपी ओलीकै इशारामा राष्ट्रपतिले देशमा द्वन्द्ध फैलाउने, अस्थिरता कायम गराउने र संविधानको उलंघन गर्ने काम गरेको उनको दाबी छ ।

नागरिकता विद्येयकमा राजनिति गरेर हजारौ नागरिकता विहिन नागरिकलाई पहिचान विहिन बनाई राख्न राष्ट्रपतिको मात्रै भूमिका नरहेर ओलीले समेत विधेयकलाई भोट बैंकको रुपमा प्रयोग गरिरहेको उनको आरोप छ । नागरिकता विधेयकबारे नेकपा (एमाले) ले एक हातमा सिंदुर र अर्काे हातमा नागरिकता दिन लागिएको भन्दै झुटा भ्रम फैलाईरहेको उनले बताए । आफूहरु नेपाली नागरिक बुबाआमाका सन्तान भएकाले नागरिकता पाउँनुपर्ने आफूहरुको अधिकार भएको उनको दाबी छ ।

.राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि राष्ट्रपतिले संविधान मिचेको बताए । भण्डारी दलीय स्वार्थ र इशाराबाट परिचालित भएर संविधान मिचेको आरोप लगाए ।

कार्यक्रममा नागरिकता विहिन नेपाली पुजन तिमिल्सेनाले आफूले आमा बुवाको नामबाट पटक–पटक नागरिकता बनाउन खोजेपनि नागरिकता नपाएको बताए । सवारी दुर्घटनाका क्रममा आफूसंग नागरिकता नहुँदा लामो समय कानुनी कारबाही भोगेको उनको भनाई छ । नागरिकता विहिनहरु कसरी समस्या भोग्दै आएका छन भन्नेबारे राज्यले ध्यान दिएर आफ्नो पहिचान पाउनुपर्ने उनको भनाई छ ।

नागरिकता नहुँदा पढाई, व्यापार, यात्रा, उपचारसँगै बैंकमा खाता खोल्न र मोबाईलको सिमसमेत लिन नपाएको भन्दै उनले सरकोकारवाला निकायसँग यो मुद्दालाई राजनितिक मुद्दा नबनाउन समेत उनको आग्रह छ ।

कार्यक्रममा संघर्स समितिको सदस्य प्रवेश यादव, उत्तम कुमार, सुदिप विश्वास, उत्तम शाह लगायतले आफ्ना भनाई राखेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्