Logo

संघीयता सबै वर्गको पहिचान हो : इन्द्र बानियाँ



काठमाडौं, ८ असोज । सत्तारुढ दल नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापति इन्द्र बानियाँले शान्तिप्रक्रियाका अधुरा कामहरु अगाडी नबढाएपछि माओवादी केन्द्रले एमालेको साथ छाड्न परेको टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेस प्रथम नागार्जुन नगर सम्मेलनको अवसरमा बोल्दै बानियाँले केपी शर्मा ओलीले विभिन्न तरिकाले पुष्पकमल दाहाल प्रचण्डलाई समाप्त गर्न खोजको आरोप लगाए ।

कांग्रेस बाग्मती प्रदेशका संदसीय दलका नेता समेत रहेका बानियाँले माओवादीले शान्तिप्रक्रिया कांग्रेससँग गरेको हुनाले यसलाई निष्कर्षमा पुर्याउन कांग्रेससँगै गठबन्धन गर्न आएको स्पष्ट पारे । कांग्रेसले सबैलाई मिलाएर लैजानपर्नेमा उनले जोड दिए ।

संघीयता सबै वर्गको पहिचान हो भन्दै उनले संघियता सबै वर्गको समुदायको भएको पनि स्पष्ट पारे । संघियतालाई वोझिलो नभइ ओझिलो बनाउनपर्ने उनको भनाइ थियो । संविधान संशोधन गरेर समानुपातिक खारेज गर्नुपर्ने पक्षमा आफू रहेको समेत उनले बताए ।

 



प्रतिक्रिया दिनुहोस्