Logo

देउवाप्रति कठोर बन्दै कोइराला



काठमाडौं, असोज ९ । निर्वाचन आयोगमा पार्टीको तर्फबाट पेस गरेको समानुपातिक बन्द सूची नसच्याए अर्को विकल्पका लागि तयार रहन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संस्थापनइतर समूूहका नेताहरूले चेतावनी दिएका छन् ।

‘समान अवसर र न्यायका निम्ति’ शनिबार काठमाडौंको नयाँ वानेश्वरमा खबरदारीसभा गरेका डा शेखर कोइराला समूहका नेताहरूले सभापति देउवाले कार्यशैली नसच्याए अर्को विकल्प खोज्ने चेतावनी दिएका हुन् ।

देउवा समूहले समानुपातिक बन्दसूची एकलौटी ढंगले बनाएर आयोगमा बुझाएको भन्दै ती नेताहरू आक्रोश पोखे । उनीहरूले नेतृत्वसँग कार्यकर्तालाई न्याय र पार्टीको निर्णय पारदर्शी हुनुपर्ने माग गर्दै बालुवाटारमा गठबन्धनको अखडा बनाएर पार्टी खुम्च्याउने खेल भइरहेको आरोप लगाएका छन् ।

गठबन्धनभित्र भागबण्डाको बखेडा कायमै रहिरहेको अवस्थामा कांग्रेसको आन्तरिक राजनीतिक बेमेल बढेसँगै सभापति देउवालाई सत्ता गठबन्धन दलहरूबीचको चुनावी एकतालाई कायम राख्दै आन्तरिक पार्टी व्यवस्थापन गर्न चुनौती थपिएको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्