Logo

पोर्चुगलको शानदार जीत



एजेन्सी । युईएफए नेसन्स लिगमा पोर्चुगलले शानदार जीत निकालेको छ । शनिबार राति भएको खेलमा चेक रिपब्लिकलाई ४-० गोलले पराजीत गर्दै पोर्चुगल समूहको शीर्ष स्थानमा उक्लिएको हो ।

सिनोबो स्टेडियममा भएको खेलमा पोर्चुगललाई जीत दिलाउन डियगो डालोटले दुई गोल गर्दा ब्रुनो फर्नान्डेज र डिएगो जोटाले समान एक-एक गोल गरे ।

३३ औं मिनेटमा लियोको पासमा डालोटले गोल गर्दै पोर्चुगललाई शुरुवाती अग्रता दिलाएका थिए । इन्जुरी समयमा मारियो रुइको पासमा फर्नान्डेजले गोल गर्दै पहिलो हाफमा पोर्चुगलको अग्रता दोब्बर बनाए ।

इन्जुरी समयकै छैटौं मिनेटमा प्याट्रिक सिचेक पेनाल्टीमा चुक्दा चेकले खेलमा फर्किने अवसर गुमाएको थियो । ५२ औं मिनेटमा फर्नान्डेजको पासमा डालोटले व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल सहज जीततर्फ अगाडि बढेको थियो । यत्सै ८२ औं मिनेटमा रोनाल्डोको फ्लिकमा जोटाले हेडर गोल गर्दै पोर्चुगललाई ४-० गोलको जीत दिलाएका हुन् ।

जीतसँगै पोर्चुगल ५ खेलबाट १० अंक जोड्दै समूह दुईको शीर्ष स्थानमा उक्लिदा पराजीत चेक समान खेलबाट ४ अंकको साथ पुछारमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्