Logo

ललितपुरमा पैसा बगाएर चुनाव जित्न खोज्ने आफै बगेर जान्छन्ः डा. दीपेश केसी (भिडियोसहित)



काठमाडौं, ९ असोज । ललितपुर क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवार डा. दीपेश केसीले पैसा बगाएर चुनाव जित्न खोज्ने आफै बगेर जाने ठोकुवा गरेका छन् । उनले ललितपुरका जनता पैसामा नबिक्ने समेत बताए ।

‘पैसाको फूर्ति देखाएर र खर्च गरेर चुनाव जित्ने सपना नदेखे हुन्छ,’ रेडियो मिर्मिरेका लागि लक्ष्मी न्यौपानेसँगको अन्तवार्तामा डा. केसीले भने, ‘ललितपुरका जनता बिकाऊ मालसामान होइनन्, जो पैसा बगाएर चुनाव जित्न खोज्छ आफै बगेर सकिन्छ ।’

केसीले पञ्चायतकाल, माओवादी द्वन्द्वकाल, राजाको प्रत्यक्ष शासनकालमा ललितपुरको गल्ली र गाउँहरुमा धेरै नेता लुकेर बस्ने पाएको इतिहास स्मरण गराए । उनले भने, ‘कठिन राजनीतिक जीवनका बखत ललितपुरे जनताले धेरै नेतालाई लुकाएको इतिहास छ, ललितपुर त्यसो गर्दा गर्दै के पायो ?’ प्रहरीले खोजी गर्दा कतिपय आफ्नो घरमा समेत लुकेका नेता बनेको बताए ।

आफू शक्ति र पहुँच देखाउन उम्मेदवार नबनेको नभई अन्याय र अत्याचार सहन हुन्न भनेर संघर्षको मैदानमा उत्रिएको बताए । आफूले ललितपुरमा विकासको नयाँ दीयो बाल्ने बताए ।



प्रतिक्रिया दिनुहोस्