Logo

स्पेन स्वीट्जरल्यान्डसँग २-१ गोलले स्तब्ध



एजेन्सी । युईएफए नेसन्स लिग अन्तर्गत भएको खेलमा स्पेन पराजीत भएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा स्पेन स्वीट्जरल्यान्डसँग २-१ गोलले स्तब्ध बनेको हो ।

इस्टेडियो डीला रोमारेडामा भएको खेलमा स्वीट्जरल्यान्डलाई जीत दिलाउन मानुएल अकान्जी र ब्रेल इम्बोलोले समान एक-एक गोल गरे । स्पेनको लागि जोर्डी अल्बाले एक गोल फर्काए । खेलको २१ औं मिनेटमा भार्गासको क्रसमा अकान्जीले गोल गर्दै स्वीट्जरल्यान्डलाई शुरुवाती अग्रता दिलाएका थिए ।

५५ औं मिनेटमा एसेन्सियोको पासमा अल्बाले गोल गर्दै स्पेनलाई १-१ गोलको बराबरीमा ल्याए । ५८ औं मिनेटमा अकान्जीको पासमा इम्बोलोले गोल गर्दै स्वीट्जरल्यान्डलाई २-१ गोलको अग्रता दिलाए ।

बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा स्वीट्जरल्यान्ड २-१ गोलले विजयी भयो ।

जीतसँगै स्वीट्जरल्यान्ड ५ खेलबाट ६ अंक जोड्दै समुह दुईको तेस्रो स्थानमा उक्लिदा समान खेलबाट ८ अंक जोडेको स्पेन दोस्रो स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्