Logo

डेंगी नियन्त्रणमा सरकारले विशेष ध्यान दिनु पर्छ : नेता सिंह



काठमाडौं, ९ असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा डेङ्गु महामारीको रुपमा देखिएकाले यसको प्रभावकारी नियन्त्रणमा सरकारले विशेष ध्यान दिनु पर्ने बताएका छन ।

आज राजधानीको रत्नराज्य विद्यालयको बिज्ञान प्रयोगशाला हस्तान्तरण कार्यक्रममा बोल्दै नेता सिंहले उक्त कुरा बताएका हुन ।
नेता सिहले जन स्तरमा अनुभुत हुने गरि सरकारले काम गर्नपर्नेमा जोड दिए । उनले प्रकोप नियन्त्रणको लागि सरकारले तत्कालै विशेष अभियान सुरु गर्न आग्रह गरे । सिंहले बिरामीले सिटामोल नपाउने गुनासो गरिरहेको भन्दै त्यसप्रति गम्भीर बन्न सरकारलाई अपिल गरे । स्थानीय सरकारलाई पनि गम्भीरताका साथ लाग्न आग्रह उनले आग्रह गरे ।

फरक प्रसंगमा बोल्दै मुलुकमा संकटको निकासका लागि कांग्रेस अवसर पाउदा जिम्मेवारी बहन गरेको छ भन्दै अहिलेको आमचुनावमा कांग्रेसलाई अवसर दिने हो भने मात्रै राजनीतिक स्थिरत्व आउने समेत उनको दाबी छ । उनले भने,‘अवसर पाउँदा कस्ले कुन दलले के गरेको छ त्यसको लेखाजोखा जनताले गर्छन्, अहिले संघियताका बारेमा समेत प्रश्न उठेकाले कांग्रेसले अवसर पाए जनतालाई अनुभुत हुने गरि काम गरेर देखाउाछ, गुड गभरमेन्ट भस्टचार मुक्त शासन प्रणाली कांग्रेसको प्राथमिकता रहेको छ ।’

नेता सिंहले मुलुकमा बेरोजगारी समस्याको समाधान स्थानीय साधन स्रोतको परिचालन पर्यटन क्षेत्रको बिकास मार्फत स्वरोजगारिको सृजना गरि युवा बर्गमा रहेको निरन्तर गर्नु कांग्रेस को मुख्य ध्यान रहेको समेत बताए ।

स्वास्थ शिक्षामा आमूल परिवर्तनको खाँचो रहेकाले त्यसतर्फ ठोस कार्ययोजनाका साथ आफु अगाडि बढेको बताउँदै साथ सहयोगका लागि समेत आग्रह गरे ।

 

 



प्रतिक्रिया दिनुहोस्