Logo

देउवाको गुट मोह, श्रीमतीदेखि प्रेस सल्लाहकारसम्मलाई सांसद बनाउने तयारी



काठमाडौं, ९ असोज । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि गुटको राजनीति गर्ने गरेको आरोप लाग्दै आएको छ । उनी कांग्रेसमा सभापति नहुँदा पनि गुटको राजनीति गरेर पार्टीमा भागबण्डा खोज्ने नेताको रुपमा परिचित छन् ।

१४औं महाधिवेशनपछि सभापतिमा निर्वाचित भएका देउवाले आफूले पार्टीमा गुटलाई प्रश्रय नदिने सार्वजनिक प्रतिबद्धता गरेका थिए । तर, महाधिवेशन भएको एक वर्ष बित्न नपाउँदै उनले अर्को पक्ष शेखर कोइराला समूहलाई पेल्न थालेका छन् । देउवाकै कार्यशैलीकै कारण अहिले शेखर समूह पार्टीभित्र विद्रोहको तयारीमा पुगेका छ ।

आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि देउवाले गठबन्धनको नाममा पार्टीलाई क्षति पुग्नेगरि कम सिट लिएको र लिएको सिटमा पनि आफ्नो गुटका मान्छेलाई अवसर दिने भन्दै कोइराला समूह चनाखो बनेको छ । हिजोदेखि यो समूहले छुट्टै दबाब भेलाको पनि आयोजना गरेको छ । देउवाले आगामी निर्वाचनमा आफ्नी धर्मपत्नीलाई प्रत्यक्षमा निर्वाचन लडाउन चाहेका थिए ।

तर, प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ सिटमध्ये कतैपनि जित्ने अवस्था नदेखेपछि उनले आरजुलाई समानुपातिकमा राखेका छन् । पार्टीले बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा आरजुको नाम अटाएपछि अहिले देउवाको आलोचना भैरहेको छ ।

श्रीमतीमात्रै नभएर उनले आफ्नो सचिवालयमा प्रेस सल्लाहकारको जिम्मेवारीमा रहेका गोविन्द परियारलाई पनि समानुपातिक सांसद बनाउन लागेका छन् । पार्टीमा आरजु र गोविन्द भन्दा लाखौं गुणा बढि योगदान गरेका पूराना नेता तथा कार्यकर्ता हुँदाहुँदै उनीहरुलाई नै अवसर दिन खोज्नुले देउवा अझैपनि गुट र परिवारवादबाट माथि उठ्न नसकेको सजिलै बुझ्न सकिन्छ।

file photo



प्रतिक्रिया दिनुहोस्