Logo

१२ करोडमा निर्माण भएको ब्रह्मास्त्र २०२२ को सबैभन्दा धेरै कमाउने फिल्मको सुचीमा



एजेन्सी, ९ असोज । ब्रह्मास्त्रले १५औँ दिनमा भारतमा सबै भाषा समेटेर २४१ करोड कमाएको थियो । चलचित्रले छिट्टै २५० करोडको आँकडा पार गर्ने ट्रेड विज्ञहरुले अनुमान गरेका छन ।

४१० करोडको बजेटमा बनेको यो फिल्म १५ दिनमा विश्वभर ३ सय ८५ करोड कलेक्सन गरेर वर्षकै दोस्रो सर्वाधिक कमाउने फिल्म बनेको छ । यो फिल्म भन्दा पहिले यो कीर्तिमान फिल्म भुल भुलैया २ ले बनाएको थियो, जसले विश्वव्यापी २६६ करोड कलेक्सन गरेको थियो । योसँगै ब्रह्मास्त्रले फिल्म द कश्मीर फाइल्सको रेकर्ड पनि तोडेको छ, जसको लाइफटाइम विश्वव्यापी कलेक्सन ३४० करोड थियो।

अहिलेसम्म सबैभन्दा कमाई गर्ने फिल्म द कश्मीर फाइल्स हो। यो तथ्याङ्क अनुसार सबैभन्दा धेरै कमाउने फिल्मको टाइटल ब्रह्मास्त्र भएको छ । तर कश्मीर फाइल अझै पनि नाफा कमाउने फिल्मको सूचीमा परेको छ ।

वास्तवमा, यो फिल्म लगानीको रिटर्न टर्म अनुसार लाभदायक सूचीमा समावेश छ।



प्रतिक्रिया दिनुहोस्