Logo

आलियाको हलिउड फिल्मको फर्स्ट लुक रिलिज



एजेन्सी, ९ असोज । बलिउड अभिनेत्री आलिया भट्टको पहिलो हलिउड डेब्यू फिल्म ‘हार्ट अफ स्टोन’ को फर्स्ट लुक सार्वजनिक भएको छ। आलिया आफैले सामाजिक सञ्जालमार्फत फर्स्ट लुक सार्वजनिक गरेकी हुन ।

फिल्ममा आलियाको साथमा गल गाडोट र जेमी डोर्ननले अभिनय गरेका छन् । आफ्नो फर्स्ट लुकको भिडियो सेयर गर्दै आलियाले लेखेकी छिन्, ‘हार्ट अफ स्टोन एन्ड कीको फर्स्ट लुक।’

यो फिल्म २०२३ मा नेटफ्लिक्समा रिलिज हुनेछ । उनको यो पोष्ट हेरेर फ्यानहरु फिल्मको रिलिजको उत्सुकताका साथ पर्खिरहेका छन् । टम हार्पर द्वारा निर्देशित यो एक एक्शन थ्रिलर फिल्म हो ।



प्रतिक्रिया दिनुहोस्