Logo

‘प्रेमगीत ३’ हिन्दी संस्करण नेपाली फिल्मसरह भोलि रिलिज हुने



काठमाडौं, ९ असोज । ‘प्रेमगीत ३’ हिन्दी संस्करणले नेपालमा प्रदर्शन गर्न पाउने भएको छ । लामो विवादपछि फिल्म भोलिदेखि प्रदर्शन हुने भएको हो ।

सञ्चार मन्त्रालयको निर्देशन र कर चुक्ता लगायतका प्रक्रिया पुरा गरेपछि चलचित्र विकास बोर्डले फिल्मलाई सेन्सरका लागि सिफारिस गरेको हो ।

आज बेलुकादेखि फिल्मको टिकट बुकिङ पनि खुलाउने जनाइएको छ । सेन्सर सिफारिस पाएसँगै फिल्मले अब १५ प्रतिशत विकास शुल्क तिर्नुनपर्ने भएको हो ।

 



प्रतिक्रिया दिनुहोस्