Logo

शेयर बजारमा २३ अंकको गिरावट



काठमाडौं, ९ असोज । शेयर बजारमा आज पनि उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसुचक २३ दशमलव ८३ अंकले घटेर १८१५ दशमलव १३ विन्दुमा थामिएको हो ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव ८३ अंकले घटेर ३५५ दशमलव ६० विन्दुमा रोकिएको हो ।

आज नेप्सेमा २२८ कम्पनीको १ अर्ब ७२ करोड ४८ लाख ९७ रुपैयाँ बराबरको ४० लाख १४ हजार ४१९ कित्ता शेयर खरिद विक्रि भएको हो ।



प्रतिक्रिया दिनुहोस्