Logo

कर्तव्य ज्यान सम्बन्धि कसूर मुद्दाका फरार प्रतिवादी घरबाटै पक्राउ



बर्दिया,९ असोज । कर्तव्य ज्यान सम्बन्धि कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

कर्तव्य ज्यान सम्बन्धि कसूर मुद्दाका फरार प्रतिवादी गेरूवा गाउँपालिका–४ जोधिपुर बस्ने ३७ वर्षीय श्याम बिसी भन्ने टिकाराम बुढा क्षेत्रीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

कर्तव्य ज्यान सम्बन्धि कसूर मुद्दामा २०६२ साउन १६ गतेदेखि फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्