Logo

युवा नेता तामाङद्धारा धादिङ–२ बाट उम्मेदवारी घोषणा



काठमाडौं, ९ असोज । समाजसेवी तथा युवा नेता आइतराम तामाङले धादिङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिने घोषणा गरेका छन । उनले कमल थापा नेतृत्वको राप्रपा नेपालबाट आगामी मंसिरमा हुने प्रतिनिधि सभा चुनावमा सदस्यका लागि उम्मेदवारी दिने भएका हुन ।

मुलवासीभित्रबाट सम्लग्न रही देश र जनताको लागि केही न केही गर्नुपर्छ भन्ने भावनाले आफू राजनीतिमा आएको उनी बताउँछन् । देशको अवस्था र देशमा भइरहेको गतिविधिहरुलाई नजिकबाट नियालिरहेका तामाङको सुखी नेपाल, समृद्ध नेपाल बनाउने मुख्य उद्देश्य रहेको छ ।

उनी मुलवासीभित्रका एक युवा नेताका रुपमा पनि परिचित छन् । युवाहरुको ढुकढुकी समेत रहेका तामाङले दुखी, पीडितहरुलाई व्यक्तिगत रुपले पनि सहयोग गर्दै आएका छन । देशले युवा नेताको खोजि गरेको समयमा उनको उम्मेदवारीलाई सम्भावना बोकेको उम्मेदवारको रुपमा लिइएको छ ।

युवा व्यवसायी समेत रहेका नेता तामाङका भ्रष्टाचार, गुण्डागर्दीको अन्त्य गर्ने, राम्रो समाज निर्माण गर्ने एजेण्डा रहेका छन् । उत्कृष्ट योजना लिएर जनतामाझ आउन लागेका तामाङ लामो समयदेखि समाजसेवामा खटिदै आएका छन् ।

कुनै बेला खेलाडीसमेत रहेका नेता तामाङले आफ्नो योजना पुरा गर्न मुलवासी र सम्पुर्ण देशवासीलाई साथ र सहयोग गर्न पनि आग्रह गरे । प्रत्यक्ष कार्यकारी राष्ट्रपति र प्रधानमन्त्रीको पक्षमा रहेका उनी दुई पटक भन्दा बढी कसैलाई पनि प्रधानमन्त्री बन्न नदिने उनको एजेण्डा रहेको छ । उनले पुर्ण समानुपातिक संसदीय व्यवस्था, राइट टु रिजेक्टको व्यवस्था लागु गरिने आफ्नो योजना रहेको सुनाए ।

स्थानियदेखि केन्द्रसम्मका प्रतिनिधिहरु जनताको लागि शिक्षा र स्वास्थ्य निशुल्क बनाउने, एक घर एक रोजगारीको व्यवस्था मिलाउने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्