Logo

प्रतिनिधि सभाको सिट बाँडफाँट टुंगो नलाग्दा गठबन्धनले प्रदेशको कसरी मिलाउलान्



काठमाडौं, ९ असोज । प्रतिनिधि सभा र प्रदेश सभामा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको मिति नजिकिदैछ । २३ असोजमा उम्मेदवारी दर्ताको मिति तोकिदा सत्ता गठबन्धनका पाँच दलहरु भने सिट बाँडफाँटमा कुरा नमिल्दा अलमलिएका छन् ।

पटक पटक कार्यदल र शिर्ष नेताहरुको बैठक बस्दा पनि कुरा मिल्न सकेको छैन । संख्यामा लगभग कुरा मिलेपनि कतिपय निर्वाचन क्षेत्रहरुमा कुरा मिल्न सकिरहेको छैन ।

१६५ निर्वाचन क्षेत्रमध्ये ३० भन्दा बढी क्षेत्रमा दुई वा दुईभन्दा बढी दलको दाबी रहेको छ । यसअघि आफूले जितेको क्षेत्र छाड्न गठबन्धनकै दल तयार छैनन् । केही नेताबीच सिट साट्ने भद्र सहमति बनेको छ । तर, कुरा मिल्न सकेको छैन ।

अब ३३० प्रदेशका क्षेत्रहरुमा समेत बाँडफाँट टुंगो लगाएर प्याकेजमै सहमति खोज्ने प्रयास भएको छ । सकेसम्म फूलपाती अघि नै सहमति बनाउन खोजिएको छ । नत्र दशैंको टीकालगत्तै बसेर सहमति निकाल्ने तयारी भएको बुझिएको छ ।

सिट बाँडफाँटमा टुंगो नलाग्दा दलहरुको चुनावी प्रचार ढिलो भइरहेको छ । गठबन्धनले सिट टुंगो नलगाउँदा एमाले, राप्रपा, लोसपालगायतका दलहरु पनि पर्ख र हेर को रणनीतिमा छन् । उम्मेदवार हेरेर आफ्नो तर्फबाट सम्भावित उम्मेदवार अगाडि सार्ने गरी तयारी भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्