Logo

टाटा मोटर्सले ल्यायो दशै अफर, यस्ता छन् सुविधा



काठमाडौं, ९ असोज । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले ‘वडा पर्वको वडा अफर’ योजना ल्याएको छ । मोटर्सले प्यासेन्जर भहिकल सेग्मेन्टका लागि वडादशैं २०७९ को अवसरमा यस्तो योजना सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत ग्राहकहरुले टाटाका गाडीहरु खरिद गर्दा ३ वर्षको वारेन्टी प्राप्त गर्न सक्नेछन् । जुनसुकै ब्राण्डका गाडीसँग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मूल्यांकन प्राप्त गर्न सक्नेछन् भने आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिनेछ । यसका साथै निःशुल्क नामसारी, एक वर्षको सवारी कर, २ लाख नगद छुट र फाइनान्सको सुविधा लगायतका विशेष आर्कषणहरु रहेका छन ।

ग्राहकहरुले टाटा मोटर्सको शोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाइभ, नेक्सन, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने कम्पनीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्