Logo

लुमिनसले ल्यायो फेस्टिवल अफर



काठमाडौं, १० असोज । लुमिनस पावर ब्याकअप सोलुसनका लागि नेपालको एकमात्र आधिकारिक बितरक अमट्रेड प्रालीले दसैँ–तिहार र छठलाई लक्षित गरी फेस्टिवल अफर सार्वजनिक गरेको छ । उक्त अफर २२ सेप्टम्बर २०२२ देखि सुरु भई आगामी ३१ अक्टोबर २०२२ सम्म लागू हुनेछ ।

लुमिनस फेस्टिवल अफर अन्तर्गत ग्राहकहरुले नयाँ लुमिनस ब्याट्री सँग कुनै पनि ब्रान्डको पुरानो ब्याट्री एक्सचेन्ज गरी ब्याट्रीको अधिकतम खुदरा मूल्य – एमआरपी रकममा ५२ प्रतिशत छुट सम्म पाउँन सक्ने छन् र लुमिनस ब्रान्डको नयाँ ब्याट्री खरीद गर्दा ग्राहकहरुले लुमिनसका आधिकारिक डिलरमा क्युआर कोड स्क्यान गरी कम्पनीको वेबसाइट www.amtrade.com.np मा आफ्नो विवरणहरू भरी लक्की ड्र मा रेडमी वाच २ लाइट जित्ने मौका पाउनुहुनेछन्। यस

लक्की ड्र योजनामा कुल तीनजना भाग्यशाली विजेताहरु हुनेछन्। कम्पनीका अनुसार एक्सचेन्ज अफर लुमिनस ब्याट्रीहरु ९१०० AH देखि २२० AH का रेन्जहरुमा लागू हुनेछ र ग्राहकहरुले उही ब्याट्री ब्ज् सँग एक्सचेन्ज गर्नुपर्ने हुनेछ।

कम्पनीले यस लक्की ड्र का विजेताहरुको घोषणा २०२२ नोभेम्बरको दोस्रो हप्ता आसपास कम्पनीको वेबसाइट www.amtrade.com.np मा सूचित गरिने बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot