Logo

इरानमा हिजाबको विरोध गरिरहेका महिलाको हत्या



एजेन्सी, १० असोज । हिजाब र धार्मिक कानून विरुद्ध इरानमा महिलाहरु ९ दिनदेखि सडकमा उत्रिएका छन् । यी तीन शब्द ‘जिन, जान, आजादी’ अहिले हरेक सहरमा गुन्जिरहेका छन् । यसको अर्थ नारी, जीवन र स्वतन्त्रता हो। सेप्टेम्बर १६ मा २२ वर्षीया बालिका मेहसा अमिनीको मृत्युपछि यसको सुरुवात भएको हो । टाउको राम्ररी नढाकेको भन्दै महसालाई हिरासतमा लिइएको थियो ।

सरकारले पनि प्रदर्शनलाई सम्बोधन गर्न पूर्ण शक्ति लगाएको छ । महिला नै लक्षित छन् । आन्दोलनको अनुहार बन्ने महिला कार्यकर्तालाई हिरासतमा लिइएको छ । तिनीहरू कहाँ छन्, कसैलाई थाहा छैन। गोलीबारीमा अहिलेसम्म ५० भन्दा बढीको मृत्यु भइसकेको छ । कुर्दिस्तानमा नै १५ जनाको ज्यान गएको थियो भने करिब ७५० जना घाइते भएका थिए । एक हजारभन्दा बढी मानिसलाई हिरासतमा लिइएको छ ।

इरानको विशेष फौजले हतियारसहित सडकमा गस्ती गरिरहेको छ । मानवअधिकारकर्मीहरूले चार महिलाको हत्या भएको पुष्टि गरेका छन् । तिनीहरूको नाम हदीस नजाफी, गजाला चेलावी, हनाना किया र महशा मोगोई हुन्। उनीहरु सबैलाई गोली हानीएको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ । केही भिडियोहरू पनि सार्वजनिक भएका छन्, जसमा इरानी सेनाले घरमा आक्रमण गरिरहेको छ। ढोकाबाट गोली प्रहार। इन्टरनेट बन्द हुँदा बाहिरी दुनियाँले प्रहरीको कारबाहीबारे खासै जानकारी पाउन सकेको छैन ।

राजधानी तेहरानका प्रमुख चोकमा महिलाहरु निस्किएका छन् । पुरुष पनि छन् । यसको प्रभाव देशका ३१ वटै प्रदेशमा पुगेको छ । इरानको अख्तियारलाई चुनौती दिँदै महिलाहरूले कपाल काटेर हिजाब फुकालेका छन् ।



प्रतिक्रिया दिनुहोस्