एमाले छाडेर जसपा प्रवेश गर्दै यादव


काठमाडौं, १० असोज । प्रमुख सत्तारुढ दल नेकपा एमालेका सल्लाहकार समिति सदस्य गंगाराम यादवले पार्टी परित्यागको घोषणा गरेका छन ।

२०३६ सालदेखि एमालेको राजनीतिमा सक्रिय यादवले पछिल्लो समय पार्टीले कम्युनिष्टको विचार, नीति र सिद्धान्त विपरित चल्न नसकेको टिप्पणी गरेका छन ।

धनुषा–२ प्रतिनिधि सभाका लागि लोसपाका नेता उमाशंकर अरगरियालाई एमाले पार्टी प्रवेश गराएपछि उनी असन्तृष्ट थिए । अब उनी जनता समाजवादी पार्टी (जसपा) प्रवेश गर्ने तयारीमा रहेको बुझिएको छ ।