काठमाडौं, १० असोज । प्रमुख सत्तारुढ दल नेकपा (एमाले)का नेता गोकुलप्रसाद बाँस्कोटाले समानुपातिक सुचीबारे बेकारको बहस भइरहेको टिप्पणी गरेका छन ।
नेपाली कांग्रेसले समानुपातिक सुची जारीगरेसँगै पार्टीभित्र आन्तरिक विवाद सुरु भइरहँदा बाँस्कोटाले सामाजिक सञ्जालमा ट्विट गर्दै यस्तो बताएका हुन ।
उनले सामाजिक सञ्जालमा लेखेका छन,‘समानुपातिक सूचीमा को किन र कसरी परे भन्ने बहस गर्नु बेकार हो।यस्को मर्म समावेशीता हो।कमवेसी अपवाद,मुल रुपमा यो डाडुपन्यु टीमको ईच्छावेशीता हो।समयमै पार्टीहरुले ३३%प्रतिशत सोझै महिला उमेदवार उठाऊ वा अपारदर्शी प्रणालीको विकल्प खोज।हैन भने भैंसीका अघि वीरही भाकामा वीन नबजाऊ,मित्रजन ! ’




प्रतिक्रिया