Logo

आजदेखि ‘प्रेमगीत ३’ हिन्दी संस्करण प्रदर्शन



काठमाडौं, १० असोज । ‘प्रेमगीत ३’ हिन्दी संस्करण आजदेखि प्रदर्शन भएको छ । सञ्चार मन्त्रालयको निर्देशन र कर चुक्ता लगायतका प्रक्रिया पुरा गरेपछि चलचित्र विकास बोर्डले फिल्मलाई सेन्सरका लागि सिफारिस गरेको हो ।

आइतबार बेलुकादेखि नै फिल्मको टिकट बुकिङ पनि खुला गरिएको थियो । सेन्सर सिफारिस पाएसँगै फिल्मले अब १५ प्रतिशत विकास शुल्क तिर्नुनपर्ने भएको छ ।

गत शुक्रबारदेखि फिल्म ‘प्रेम गीत ३’ प्रदर्शनमा आएको र हिन्दी सस्करण पनि सोही दिनदेखि प्रदर्शन गर्ने योजना रहेता पनि विभिन्न समस्याका कारण आजदेखि प्रदर्शन गरिएको निर्माण पक्षले जनाएको छ ।

गत शुक्रबारदेखि फिल्म ‘प्रेम गीत ३’ प्रदर्शनमा आएको हो । फिल्ममा सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, अनुभव रेग्मी, समृद्धि शाही ठकुरी, सुनिल थापा, लक्ष्मी वर्देवा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, जीवन भट्टराई, योगिशा खत्री, राज थापा लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्