Logo

परिवारैसहित नयाँ घरमा सरे प्रचण्ड



काठमाडौं, १० असोज । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आफ्नै नयाँ घरमा सरेका छन ।

चितवनको भरतपुर महानगर–१४ स्थित शिवनरगरमा पुख्र्यौली जग्गामा निर्माण भएको एकतले घरमा प्रचण्ड सरेका हुन ।

प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा प्रचण्ड श्रीमती सीता, छोरी रेनु र गंगासहित १० कट्टा जग्गाको बीच भागमा बनेको नयाँ घरमा सरेका छन् । घर निर्माण भएको ठाउँ उनको निर्वाचन क्षेत्रमै पर्छ ।

प्रचण्डका बावु मुक्तिराम दाहालको भरतपुरमै निधन भएको थियो । उक्त पैतृक जग्गा मुक्तिरामले नाति प्रकाशलाई दिएको स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्