Logo

५३ जनामा कोरोना सङ्क्रमण



काठमाडौँ,१० असोज । कोरोना भाइरसको सङ्क्रमण घटेको पाइएको छ । अहिले दैनिक सयभन्दा कममा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित बुलेटिनमा दुई हजार छ सय २४ परीक्षणमध्ये ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज ८४ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन् । निको हुने प्रतिशत ९८.७ प्रतिशत रहेको छ ।

सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार एक सय ७८ जना पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ रहेको छ । यस्तै १४ जिल्लामा सङ्क्रमित सङ्ख्या शून्य छ । ताप्लेजुङ, तेह्रथुम, सिन्धुली, मनाङ, मुस्ताङ, म्याग्दी, हुम्ला, डोल्पा, कालिकोट, रुकुम पश्चिम, जाजरकोट, दैलेख, मुगु र दार्चुला छन् ।

यस्तै होम आइसोलेसनमा एक हजार एक सय ३०, संस्थागत आइसोलेसनमा ४८, सघन उपचार कक्ष (आइसियु)मा १० जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा कोरोना भाइरस विरुद्धको खोप कसैले पनि नलगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्