Logo

भोलि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दै



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले भोलि मंगलबार दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्ने भएको छ । घरेलु मैदान दशरथ रंगशालामा नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

खेलको तयारी पूरा भएको जनाईएको छ । नेपाल र बंगलादेशबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । एन्फाले समान्यतर्फ ५ सय र भीआईपीतर्फ १ हजारको टिकट मूल्य राखेको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्