Logo

भाटभटेनीले ल्यायो दशैं/तिहार अफर, ३० सेकेण्डमा छान्न सकेजति सामान पाउने



काठमाडौं, १० असोज । भाटभटेनी सुपर मार्केटले दशैं तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै विभिन्न योजना ल्याएको छ । विभिन्न सामानको खरिदमा छुटको व्यवस्था गरेको भाटभटेनीले सामान खरिद गर्ने ग्राहकमध्ये प्रत्येक स्टोरबाट ३/३ जनालाई ३० सकेन्डमा छान्न सकेजति सामान पैसा नतिरि लैजाने योजना सार्वजनिक गरेको छ ।

चिनीको मूल्यमा सहुलियत दिइरहेको भाटभटेनीले आफ्ना २३ स्टोरबाट हरेक साता ३र३ जनाको दरले अनलिमिटेड सपिङ स्कीम पाउने जनाएको छ । भाटभटेनीले काठमाडौं उपत्यका बाहिरका भारतीय सीमा नजिकका ६ वटा स्टोरमा प्रतिकेजी ६९ रुपैयाँ र काठमाडौं उपत्यकासहित अन्य केही स्टोरमा प्रतिकेजी ८४ रुपैयाँको दरले चिनी बिक्री गरेको छ ।

भाटभटेनी सुपरमार्केका चिफ अपरेटिङ अफिसर पानु पौडेलकाअनुसार विभिन्न अफरहरुका साथ सबै सामानमा १० प्रतिशत छुटकोसमेत व्यवस्था रहेको छ । file photo



प्रतिक्रिया दिनुहोस्