Logo

कांग्रेसभित्रै पनि एमालेको चुनावी वार्ता भइरहेको छः डा. राजन भट्टराई



काठमाडौं, ११ असोज । नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले आफ्नो पार्टीको शक्तिबाट तिलमिलाएर पाँच दलीय गठबन्धन बनेको दाबी गरेका छन् ।
“आम रुपमा नेकपा एमाले एक्लै जाने हो । आवश्यकता र औचित्यका आधारमा कतै कतै तालमेल हुन पनि सक्छ । तर हामी राष्ट्रिय रुपमा गठबन्धन गर्दैनौं । हाम्रो प्राथमिकता एक्लै लडेर जित्ने हो । गाह्रो हामीलाई भन्दा उनीहरुलाई भएको छ । एमाले धुलोपिठो हुने भए उनीहरु किन मिलेका त ?” प्राइम एचडी टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै नेता डा. भट्टराईले भने ।
तालमेलका लागि विभिन्न दलसँग एमालेको अनौपचारिक कुराकानी चलिरहेको पनि उनले बताए । डा. भट्टराईले थपे, “औपचारिक रुपमा कसैसँग पनि कुराकानी भएको छैन । अनौपचारिक रुपमा विभिन्न दलसँग कुराकानी भइरहेको छ । लोसपा, राप्रपा मात्र होइन, कांग्रेसभित्रै पनि भइरहेको छ ।”
आफू काठमाडौं ४ मा एमालेको उम्मेदवार बनेर जित्ने दाबी पनि उनले गरे । डा. भट्टराईले भने, “एजेन्डा एमालेसँग मात्र छ । देश बनाउने भिजन पनि एमालेसँगै छ । काम र परिणामको हिसाबले एमालेले जित्छ । यसपटक मैले जित्छु ।”



प्रतिक्रिया दिनुहोस्